काठमाडौं । पायोनियर मोटोकर्पले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको निसान र जिकरको कारहरुमा अपत्यारिलो लाग्ने अफर पाउन सकिने भएको छ । कम्पनीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त स्कीम दिएको हो ।
कम्पनीले ल्याएको स्कीममा सिधै जिकर एक्स मोडलमा २० लाख रुपैयाँ नगद छुट पाइने छ । सिमित युनिटको लागि भन्दै ल्याइएको स्कीममा ६४ लाख ९९ हजारमै जिकर पाइने भएको हो । यसअघि ८४ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको जिकर एक्स क्रमिक रुपमा मूल्य घट्दै ६४ लाख ९९ हजारमै उपलब्ध भएको हो ।
त्यसैगरी, निसान म्याग्नाइटमा भने कम्पनीले ‘महा धमाका स्कीम’ दिएको छ । यस स्कीममा म्याग्नाइट एसयूभी किन्ने उपभोक्ताले १ लाख रुपैयाँ नगद छुट, एक लाख रुपैयाँ एक्सचेन्ज बोनस, ३ वर्षको निःशुल्क सर्भिस, ३ वर्षको वारेन्टी, एक वर्षको बीमा र चालु वर्षको सवारी कर प्राप्त गर्न सकिने छ ।
कम्पनीले नयाँ वर्षको अवसरमा निसान म्याग्नाइटमा दिएको स्कीमलाई निकै राम्रो मानिएको छ । सब फोर मिटर एसयूभीको रुपमा बजारमा उपलब्ध म्याग्नाइटको सुरुवाती भेरियन्टको मूल्य ३५ लाख ७५ हजार रुपैयाँ छ ।

