काठमाडौं । हिरो मोटोकर्पले आफ्नो आधिकारीक वेवसाइटबाट एक्सपल्स २०० टू भीलाई हटाएको छ । वेवसाइटबाट एक्स्पल्स टू भी हटेसँगै यसको उत्पादन बन्द हुने भएको हो ।
हिरोले आफ्नो सर्वाधिक सफल एड्भेन्चर मोडलको फोर भी भर्सन अघिल्लो वर्षबाटै विक्री गर्दै आएको कारण टुभीको उत्पादन बन्द गर्न लागेको हो । अब हिरो एक्स्पल्स २०० फोर भी मात्रै उत्पादन तथा विक्री वितरण हुनेछ ।
कम्पनीले ४ भल्भ टेक्नोलोजीमा ल्याएको एक्सपल्सको लोकप्रियता बढेसँगै टू भी भर्सन कम्पनीले बन्द गरेको हो । यसका साथै कम्पनीले एक्सपल्सलाई अझै पावरफुल भर्सनमा समेत ल्याउने तयारी गरिरहेको जनाएको छ ।
केही समय अघि एक्सपल्सको नयाँ भर्सन लद्धाखमा परिक्षणको क्रममा देखिएको थियो । यो मोटरसाइकल २०२३ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ ।
हिरो मोटोकर्पले एक्सपल्स २०० टू भी र फोर भीको बीचमा भारतमा १० हजार र नेपालमा ४९ हजार रुपैयाँ फरक रहेको छ । नेपालमा एक्सपल्स २०० टु भीको मूल्य ४ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ भने फोर भी मोडलको ४ लाख ५२ हजार ५०० रुपैयाँ रहेको छ ।
भारतमा उत्पादन बन्द भएपनि नेपालमा भने एनजीएम हिरोले आफ्नो वेवसाइटमा दुबै मोडल लिष्टिङ गरिरहेको छ ।
हिरोले पछिल्लो समय एक्सपल्स २०० फोर भीको र्याली भर्सनसमेत सार्वजनिक गरेको छ । कम्पनीले लिमिटेड यूनिटमा मात्र उत्पादन गरेको र्याली भर्सनको माग पनि उत्तिकै रहेको छ ।
एक्सपल्स २०० फोर भीमा १९९ सीसी सिगंल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १८.८ बीएइच पावर तथा ६५०० आरपीएममा १७.३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
यसका अलावा कम्नपीले एक्सपल्स ४२१ आउने चर्चा समेत भइरहेको छ । यसमा लिक्वीड कुल्ड इन्जिन हुनुका साथै यसको पावर ४० बीएच हुने अनुमान गरिएको छ ।

