काठमाडौं । जगदम्बा मोटर्सले बिक्री गदै आएको मलेशियन ब्राण्ड प्रोटोनको इलेक्ट्रीक एसयूभी इमास सेभेनमा चलिरहेको तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ स्कीमको आज अन्तिम दिन हो ।
कम्पनीले काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा चैत ६ गतेबाट सुरु गरेको एक्सचेन्ज स्कीम आज सकिँदै छ । जगदम्बा मोटर्सले उक्त इभेन्टको नाम ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ राखेको छ ।
‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने मूल नारासहित आयोजना भएको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आफ्नो एक्सचेन्ज स्कीमको बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित गर्न र उपभोक्तालाई राम्रो अवसर दिन यो स्कीम सफल हुनेछ ।’
प्रोटोन इमास सेभेन १६० किलोवाट क्षमता मोटर भएको एसयूभी हो । साइजका आधारमा पनि अब्बल इमास सेभेनमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइनमा तयार भएको एसयूभीलाई सिंगल चार्जमा ४१० किलोमिटरसम्म चलाउन सकिने डब्लूएलटीपी टेस्ट साइकलले देखाएको छ ।
यस एक्सचेन्ज क्याम्पमा गाडी खरिद गर्ने ग्राहकहरूले विशेष नगद छुट, सहज फाइनान्स सुविधा, एक वर्षको निःशुल्क वार्षिक कर र एक वर्षको बीमा सुविधा कम्पनीले दिनेछ ।

