मोटरसाइकल बजारमा सस्तो पर्फमेन्स बाइक बनाउने कम्पनी बजाजले भारतीय बजारमा नयाँ पल्सर १५० नियोन सार्वजनिक गरेको छ । कम्पनीले भारतमा यसको मूल्य ६४ हजार ९९८ भारतीय रुपैयाँ तोकेको छ ।
पल्सर १५० क्लासिकलाई नयाँ कलर अप्सनसहित ल्याएको नियोन रेड, एल्लो र सिल्भर गरी तीन कलर भेरिएन्टमा उपलब्ध रहेको छ ।
बाइकको सबै भेरिएन्टमा प्रयोग भएको हेडल्याम्प ब्रोज, ब्याज, साइड प्यानल मेस र ग्रयाब रेलमा नियोनलाई हाइलाइट गरिएको छ ।
१५० सीसी क्लासिकमा कलर बाहेक अन्य परिर्वतन गरिएको छेन । यसमा १४९ सीसी, एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले १४ एचपी पावर र १३.४ एनएम टर्क प्रदान गर्छ ।
बाइकको अघिल्लो पांग्रामा डिस्क र पछिल्लोमा ड्रम ब्रेक छ दिइएको छ । कम्पनीले यसमा सुरक्षाको लागि एबीएस फिचर दिएको छैन ।

