देशको हरेक कुनामा भेटिने ‘पल्सर २२०’, सफलताको ५ सुत्र

काठमाडौं । तपाईंले पल्सर २२० एफ चलाउनु भएको छ ? यदि, चलाउनुभएको छ भने यसमा भएको कुन कुराले तपाईंलाई आकर्षित गर्यो । यो प्रश्नको जवाफले नयाँ पल्सर २२० किन्छु भन्ने ग्रामीण भेगमा बस्ने युवाहरूको चाहनालाई सम्बोधन गर्न सक्छ ।

हामीले सयौं पल्सर २२० एफ चालकहरूसँग कुरा गरेको आधारमा यसको छनोट किन भएको हो भन्ने विषयमा यो रिपोर्ट तयार पारेका हौं । पूर्वको ताप्लेजुङ, पाँचथर होस् या सोलुखुम्बुको युवा उनीहरूको यात्राको पहिलो साथी पल्सर २२० एफ मोडल हो । यसलाई छनोट गर्नु पछाडिको पहिलो कारण सबैले पावर र यसको कम्फर्ट भन्ने गरेको पाइन्छ ।

पश्चिमको कञ्चनपुर होस् दार्चुला, जहाँ भेटिने युवाको कुरा पनि त्यस्तै छ । यसको पावरले धेरैलाई मोहित बनाएको छ । अझ पहाडी क्षेत्रको किसानले दूध बोक्नेदेखि कुखुराको दाना होस् वा खेतीबारीमा उब्जेको तरकारी बोक्न समेत प्रयोग गर्ने गरेको पाइन्छ । मुस्ताङको बाटो खराब हुँदा रेन्टलमा यो मोटरसाइकल खुबै चल्ने गरेको थियो ।

पहाडी र हिमाली क्षेत्रमा मात्रै होइन, सहरमा पनि २२० को क्रेज उस्तै छ । सहज ह्याण्डलिङ, मस्कुलर लुक्स र उच्च पर्फमेन्सको कारण सहरमा पनि यसले बलियो उपस्थिति जनाएको छ । किन यति धेरै मानिसको रोजाइमा पल्सर २२० पर्यो भन्ने विषयमा यहाँ चर्चा गरौं ।

ठूलो र पावरफुल इन्जिन

नेपाल जस्तो ११० सीसीदेखि १२५ सीसीसम्मका मोटरसाइकल र स्कुटर धेरै बिक्री हुने देशमा २२० सीसी इन्जिनलाई ठूलो र पावरफुल इन्जिनभन्दा फरक पर्दैन् । यसमा २२० सीसीको इन्जिन छ । उक्त इन्जिनले २०.४ पीएस पावर प्रदान गर्छ । यसको पीकटर्क १८.५५ न्युटन मिटर छ । यही पावर र टर्कको बलमा यसले हिमाली र पहाडी बाटोमा उत्कृष्ट पर्फमेन्स दिन्छ ।

पर्फमेन्स/कम्फर्ट

पल्सर कम मूल्यमा उत्कृष्ट डिजाइन भएको मोटरसाइकल होभन्दा फरक पर्दैन । अझ, सेमी फियड डिजाइनमा भएको कारण युवाहरूको मन जित्न सफल भयो । एक दशकभन्दा बढी समयदेखि बजारमा उपलब्ध पल्सर २२० एफको पर्फमेन्सकै कारण धेरैले अहिले पनि यसलाई छनोट गरिरहेका छन् ।

यो मोटरसाइकलको डिजाइन अफरोडका लागि बनाइएको होइन । तर, यसको लो सिट हाइट र यसको पावर कम्बिनेशनले मोटरसाइकल लिएर जस्तोसुकै अफरोडमा पनि कम हाइट भएका राइडले पनि सहज यात्रा गर्न सक्नेछन् ।

उत्कृष्ट आफ्टर सेल्स सर्भिस

गोल्छा ग्रुपले नेपालमै एसेम्बल गर्दै आएको पल्सर २२० एफको जुनसुकै पार्टस पनि सजिलै बजारमा पाउन सकिन्छ । पार्टसको मूल्य पनि अन्य ब्राण्डको तुलनामा आकर्षक र देशका हरेक कुनामा सर्भिस सेन्टर उपलब्ध भएको कारण ढुक्कसँग उपभोक्ताले पल्सर २२० एफ खरिद गरेको देखिन्छ ।

धेरै जिल्लामा सार्वजनिक यातायातको विकल्प

अहिले सहरी क्षेत्रमा पठाओ, टुटल, इनड्राइभ जस्ता दर्जनौं राइड सेयरिङ कम्पनीले मोटरसाइकलमा यात्रु बोक्दै आएका छन् । तर, पहाडी जिल्लामा पल्सर २२० भएका युवाले नै सार्वजनिक यातायातको भूमिका निर्वाह गर्दै आएका छन् । साथै, उत्पादित वस्तुलाई बजारमा लान पनि यसको ब्यापक प्रयोग भएको देखिन्छ ।

ब्राण्डको विश्वसनीयता

सन् २००१ देखि नेपाली बजारमा पल्सर सिरिजको मोटरसाइकल उपलब्ध छ । निरन्तर नयाँ मोडल लन्चिङ, बलियो बिक्री नेटवर्क, देशका कुना कुनामा सर्भिस सेन्टर र नेपालमै पहिलो सेम्बलिङ प्लाण्ट लगाएर बजाज ब्राण्डप्रतिको विश्वसनियता नै वृद्धि गरेको देखिन्छ । यी सबै कुराको फाइदा पल्सर २२० एफले पाएको हो ।


Back_to_top