सडकमा देखियो ‘पल्सर २५०’, यस्ता रहने छन् फिचर

सांकेतिक तस्विर

काठमाडौं । बजाज पल्सर २५० भारतमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । कम्पनीले पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल ल्याउन लागेको समाचार यसअघि नै बाहिर आएको थियो ।

भारतको पुणेको सडकमा देखिएको पल्सर सिरिजको नयाँ मोटरसाइकलम स्टीकरले ढाकिएको छ । तर, यसमा भएको अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, सार्प रियर भ्यु मिरर, स्प्लीट सिट, ग्रयावरेल जस्ता फिचर भने प्रष्टरुपमा देख्न सकिन्छ ।

परिक्षणकाे क्रममा पल्सर २५०

नयाँ पल्सर निकै आक्रमक डिजाइनमा तयार भएको देख्न सकिन्छ । यसको सिट केहि तल देखिन्छ भने, राइडिङ पोस्चर फ्रन्ट लिनिङ रहेको छ । यसको समग्र डिजाइनलाई नियाल्दा पल्सर एनएस सिरिजमा यो मोटरसाइकल बजारमा आउने अनुमान गर्न सकिन्छ ।

नयाँ मोटरसाइकलमा छोटो रियर फेन्डर, मड गार्ड, अपस्वीप्ट एक्जष्ट, सिटको तल एलइडी टेलल्याम्प दिइएको छ । यसको रियरमा प्रि-लोडेड मोनोशक सस्पेन्स दिइएको छ ।

बजाजले नयाँ मोटरसाइकललाई आगामी चाडपर्वलाई मध्यनजर गर्दै सेप्टेम्वर महिनामा बजारमा ल्याउने अनुमान गरिएको छ । २४८ सीसी सिंगल सिलिन्डर, आयल कूल्ड इन्जिन रहने नयाँ पल्सरको इन्जिनले २४ बीएच पावर जेनेरेट गर्छ ।

यसको मूल्य लगायतका विषयमा कुनै जानकारी कम्पनीले नदिएको भएपनि यो पल्सर सिरिजको सबैभन्दा महंगो मोडल हुने छ ।


Back_to_top