प्योर इभिको इन्ट्रान्स नियो विक्री सुरू, मूल्य २ लाख २९ हजार रेन्ज ११६ किलोमिटर

काठमाडौ । प्योर इभीको नयाँ स्कुटर नेपाली बजारमा विक्री सुरू  भएको छ । प्योर इभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले इन्ट्रान्स निओ माेडल नेपाल भित्र्याएको हो ।

भारतीय इलेक्ट्रिक स्कुटर प्योर इभिको स्कुटर केहि समय अगाडि नेपाली बजारमा प्रवेश गरेको हो । कम्पनीले हाल सार्वजनिक गरेको इन्ट्रान्स निओमा २२ किलोवाट पिक बीएलडीसी मोटर रहेको छ । यसमा २.५ किलोवाट आवरको पोर्टेबल लिथिएम आयन व्याट्रि प्याक रहेको छ । यसले एकपटकको फुलचार्जमा ११६ किलोमिटर रेन्ज प्रदान गर्छ । इन्ट्रान्स निओको टप स्पीड भने ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ ।

साथै यसमा ब्रेक लगाउँदा व्याट्री रिर्चाज हुने ‘रिजेनेरेटीभ चार्जिङ सिस्टम’ समेत रहेको छ । यो स्कुटरको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ । यसमा ४ इन्चको एलइडी डिस्प्ले दिइएको छ । यस्तै यसका सबै लाइटहरु एलइडी रहेको छ । स्कुटरमा एन्टी थेप्ट लकिङ सिस्टम समेत रहेको छ । नेपाली बजारमा  यसकाे मूल्य २ लाख २९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले प्योर इभीका स्कुटरमा फाइनान्स सुविधामा समेत उपलब्ध गराएको छ । कम्पनीले नबील बैंक, एनआइसी एशिया बैंक र माछापुच्छ्र्रे बैंकबाटले सरल रुपमा कर्जा उपलब्ध गराउने जनाएकाे छ ।


Back_to_top