रेनोले आफ्नो चर्चित ह्याचब्याक कार क्वीड इलेक्ट्रीक भर्सनमा ल्याउने भएको छ । कम्पनीले रेनो क्वीड इभी सांघाई मोटर शो २०१९ मा सार्वजनिक गर्दै छ । सांघाई अटो शो अप्रिल १६ देखि हुँदैछ ।
क्वीड इभीमा रेनोको चिनियाँ पार्टनर डोङफेङ मोटर्ससँग सहकार्य गरेको छ । क्वीड इभीको उत्पादन यही वर्षको अन्त्यदेखि हुनेछ । क्वीड इभी चीनमा रहेको डोङफेङ मोटर्सको फ्याक्ट्रीमा उत्पादन हुनेछ ।
डोङफेङको उक्त फ्याक्ट्रीबाट वार्षिक १ लाख २० हजार कार उत्पादन हुन्छ ।
गत वर्षको पेरिस अटो शोमा रेनोले के–जेडइका नाममा कन्सेप्ट सार्वजनिक गरेको थियो । क्वीड इभीमा लाग्ने मोटर रेनो र डोङफेङले संयुक्त रुपमा बनाउने छन् । क्वीड इभीले फुल चार्जमा २५० किलोमिटर दूरितय गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्वीड इभीमा स्टाइलिस ग्रिल, स्प्लिट हेडल्याम्प डिजाइन, एलइडी डेटाइम रनिङ लाइट, नयाँ डिजाइनको टेल ल्याम्पलगायत विशेषता रहने छन् ।
रेनो क्वीड इभी चीन पछि छिट्टै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुने जनाइएको छ ।


