फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस मोटर शो २०१८मा रेनोले आफ्नो बहुप्रतिक्षित क्विडको इलेक्ट्रीक भर्सनको नामले चिनिने (के–जेडई) सार्वजनिक गर्ने भएको छ ।
इलेक्ट्रिक भर्सनको उत्पादनमा विशेष जोड दिएको रेनोले क्विड इभी मोडलको बिक्री वितरण २०१९मा चिनियाँ बजारबाट सुरुगर्ने तयारी गरको छ । कम्पनीले आधिकारीक जानकारी नदिएपनि उक्त कारले एकपटकको फुलचार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्ने छ ।
यस कारमा डलब चार्जिङ विशेषता उपलब्ध हुने छ, जसले घरमा चार्जगर्न र पब्लिक चार्जिङ स्टेशनमा चार्जगर्न छुट्टाछुटै पोर्टको ब्यवस्था गरिएको छ ।
के–जेडई नामबाट सार्वजनिक हुने यो कारलाई स्टान्र्डड क्विडको बनावटमा निर्माण गरिएको छ । यसमा न्यारो हेड हेडल्याम्प, नयाँ ग्रिल, रिडिजायन फ्रन्ट बम्परको प्रयोग गरिएको छ ।
कारमा समावेस फिचरमा सेन्ट्रल टच स्क्रिन, रिभर्स क्यामरा, रियर पार्किङ सेन्सर दिइएको छ । यस कारलाई चिनियाँ बजारमा इजिटी न्यु इनर्जी अटोमोटिभ कम्पनीले आयात गर्ने जनाइएको छ ।


