काठमाडौं । प्रहरीले भदौ २३ गते जेन जी आन्दोलनमा प्रयोग भएका मोटरसाइकलहरू सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गर्दै आन्दोलनको क्रममा प्रयोग भएका १४ वटा मोटरसाइकल सार्वजनिक गरेको हो ।
ती मध्ये १३ वटा रोयल इनफिल्ड ब्राण्डका रहेका छन् । यो ब्राण्डका मोटर साइकल महँगा मानिन्छ ।
प्रहरीका अनुसार आन्दोलनका दिन ती मोटरसाइकलहरू ठूलो आवाज निकाली कुदाइ उच्छृंखल गतिविधिमा प्रयोग भएको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रविण कुमार भट्टराईले सार्वजनिक गरिएका अधिकांश मोटरसाइकल टीओबी ग्रुपका राइडरहरूको रहेको छ । आन्दोलनको दिन सो समूहका २० वटा मोटरसाइकल सहभागी भएको उनले जानकारी ।
उनीहरू देशका विभिन्न क्षेत्रमा राइड गर्दै हिँड्ने समेत गरेको पाइएको उनले बताए ।
तस्बिर : सेतोपाटी ।

