झण्डै ३७ हजार किमी पुग्यो संघीय सडक संजाल

काठमाडौं । संघीय सरकारले निर्माण गरेको सडक संजालको कुल दुरी झण्डै ३७ हजार किलोमिटर पुगेको छ ।

अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ अनुसार २०८२ फागुन मसान्तसम्म कुल सडक संजाल ३६ हजार ८०६ किलोमिटर पुगेको हो ।

प्रतिवेदन अनुसार २०८२ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक संजाल गरी २० हजार ४५६ किलोमिटर कालोपत्र, ७ हजार ६०२ किलोमिटर ग्राबेल र ८ हजार ७४८ किलोमिटर कच्ची सडक रहेको छ ।

२०८२ असारसम्म संघीय सडक संजाल कुल ३६ हजार २२६ किलोमिटर थियो । जसमा २० हजार ४३ किलोमिटर कालोपत्रे, ७ हजार ५११ किलोमिटर ग्राबेल र ८ हजार ६७२ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३६ हजार २२६ किलोमिटर रहेको थियो ।


Back_to_top