काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
कम्पनीले शुक्रबार एक कार्यक्रमका बीच पौडललाई आफ्नो ब्राण्ड एम्बास्डर बनाएको हो ।
साथै, एसपीजीले पौडलेलाई जेको जे फाइभ इलेक्ट्रीक एसयूभी हस्तान्तरण गरेको छ । हालै सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेटमा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ घोषित पौडेललाई कम्पनीले जे फाइभ पुरस्कार दिएको हो ।
एनपीएलमा रोहितको कप्तानीमा लुम्बिनी लायन्सले ऐतिहासिक उपाधि जितेको थियो । उक्त कार्यक्रममा ओमोडा जेकोका पुराना एम्बेसडर तथा क्रिकेट स्टार दिपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो।
एसपीजी अटोमोबाइल्सले उपहार स्वरूप दिइएको उक्त गाडीमा लाग्ने सम्पूर्ण विन्डफल ट्याक्स आफैले बेहोर्ने घोषणा समेत गरेको छ । यससँगै रोहितले कुनै आर्थिक भार बिनै जेको जे फाइभ पाएका छन् ।
एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले नेपाली क्रिकेटका उत्कृष्ट प्रतिभाहरूलाई सबैभन्दा उन्नत विद्युतीय सवारी प्रविधिसँग जोड्न सफल भएको बताए ।
‘रोहित र दीपेन्द्र दुवैले लचकता, नवीनता र नेतृत्वको भावना बोकेका छन् जुन ओमोडा र जेकोको मुख्य विशेषता हो,’ उनले भने, ‘नेपाली क्रिकेटका उत्कृष्ट प्रतिभाहरूलाई सबैभन्दा उन्नत विद्युतीय सवारी प्रविधिसँग जोडेर हामी साँच्चै च्याम्पियनहरूद्वारा सञ्चालित भएका छौं।’
जेको जे फाइभ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो । जसले विलासिता र अफरोड क्षमतालाई पूर्ण रुपमा मिलाइएको यो एसयूभी नेपाली भू–बनोट अनुसार डिजाइन गरिएको छ ।
यसमा विशाल हाइ डेफिनिसन इन्फोटेनमेन्ट सिस्टमसहितको स्मार्ट ककपिट छ । जेको जे फाइभमा १५५ किलोवाटको इलेक्ट्रीक मोटर छ । १८५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको जे फाइभले एकपटकको फुलचार्जमा ४१६ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

