काठमाडौं । रोयल इनफिल्ड सस्तो मोटरसाइकल हन्टर ३५० को तस्बीर सार्वजनिक भएको छ । कम्पनीले अगस्ट ७ तारिखमा हन्टर सार्वजनिक गर्ने भएको हो ।
हन्टर ३५० तीन भेरियन्टमा उपलब्ध हुनेछ । जसमा हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल रहने छ ।
हन्टर रेट्रो यसको वेस भेरियन्ट रहेको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । वेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसका अन्य भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोलका साथै डबल च्यान एबिएस उपलब्ध छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।
रोयल इनफिल्डले आफ्नो नयाँ मोडल हन्टर पनि ३५० सीसी क्षमताको इन्जिनमा नै ल्याउने छ । कम्पनीले क्लासिक ३५० र मेटियर ३५० कै समान प्लेटफर्ममा तयार गरेको हन्टर भारतमा परिक्षण भएको तस्विरहरु यसअघि नै सार्वजनिक भएका थिए ।
हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड सिस्टम रहने छ । यो इन्जिनले २० हर्सपावर र २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनसँग ५ स्पीडको गियरबक्स रहनेछ ।
रोयल इनफिल्डकै सबैभन्दा सस्तो मोटरसाइकलको रुपमा सार्वजनिक हुने तयारीमा रहेको यो मोटरसमाइकलको सुरुवाती मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।

