काठमाडौं । रोयल इनफिल्डको मोटरसाइकलहरूमा लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू भएको छ ।
रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौंको पुरानो बानेश्वरमा लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला संचालनमा ल्याएको हो ।
आज (पुस ११) गतेबाट सुरू भएको उक्त मेला १५ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । यस मेलामा ग्राहकले रोयल इनफिल्डको मोटरसाइकलसँग आफूले एक्सचेन्ज गर्न ल्याएका मोटरसाइकलमा सोचे भन्दा हाई मूल्यांकन पाउने छन् ।
ग्राहकको सहजताको लागि कम्पनीले फाइनान्ससँगै एक्सचेन्जमा एकदमै इजी र क्विक सर्भिस दिने जनाएको छ । साथै, मोटरसाइकल खरिद गरेका वा बुकिङ गरेका ग्राहकलाई कम्पनीले आकर्षक गिफ्ट ह्याम्फर पनि प्रदान गर्ने बताएको छ ।
रोयल इनफिल्डले नेपाली बजारमा ३५० सीसी सेग्मेन्टमा क्लासिक, हन्टर मेटियर, ४५० सीसीमा हिमालयन, ४४० सीसीमा स्क्रयाम लगायतका मोडलहरू बिक्री गर्दै आइरहेको छ ।

