चक्रपथमा स्कुल बस र्‍याली

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सोमबार विधेयको विरोध स्वरुप काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा लामबद्ध भएका स्कुलका बसहरूले  पूरै चक्रपथ परिक्रमा गर्ने छन् ।


Back_to_top