काठमाडौं । स्कोडाको बहुप्रतिक्षित एसयूभी कुशक नेपाल आएको छ । निकै बोल्ड डिजाइनमा आएको कुशक नेपाली सडकमा पहिलो पटक देखिएको हो ।
फक्सवागन ग्रुपको इन्डिया २.० नीतिअन्तर्गत उत्पादन भएको कुशक आगामी साउन ११ गतेबाट विक्री सुरु हुने आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ ।
भारतमा उत्पादन भएको भए पनि यसको बिल्ड क्वालिटी, पर्फमेन्स, ड्राइभिङ प्लेजर, स्टाइल र सुरक्षा युरोपेली मापदण्ड अनुसार कै रहेको छ । कुशकको मस्कुलर लुकले यसको रोड प्रेजेन्सलाई बेजोड बनाएको छ । यसको एक्सटेरियर स्कोडा क्यारोक र कोडियाकबाट प्रभावित देखिन्छ ।
एल आकारको डीआरएलसहितको शार्प हेडल्याम्प, पछाडिको भागमा इन्डिकेटरसहितको एलइडी टेल ल्याम्प र अगाडि बोनेटमा दिएको लोगोले गाडीलाई निकै आकर्षक बनाएको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध यो एसयूभी एम्बिसन र स्टाइल भेरियन्ट भने म्यानुयल र अटोमेटिक दुबै भेरियन्टमा उपलब्ध हुनेछ ।

टु–स्कोप स्टेरिङ ह्वील, टप भेरियन्टमा दिइएको लेदर अपहोल्स्ट्रीक, ड्यास बोर्डको बीचमा रहेको १० इन्चको फ्रि–स्ट्यान्डिङ इन्फोटेन्टमेन्ट सिस्टम, त्यसको तल एसी भेन्ट र एसी कन्ट्रोल पाउन सकिन्छ ।
कुशकमा १.० लिटर टिएसआई इन्जिन दिइएको छ । टर्बो इन्जिन भएकाले यसले अधिकतम ११५ पीएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स रहेको छ ।

कुशकमा मिररलिंक, भेन्टिलेटेड फ्रन्ट सिट, रियर एसी भेन्ट, आकर्षक ड्राइभर इन्फोर्मेसन कन्सोल, क्रुज कन्ट्रोल, रेन सेन्सर, एम्बायन्ट लाइटिङ, वुफरसहितको ६ स्पीकर, अटो डिमिङ आईआरभीएम, स्टेरिङ–माउन्टेड कन्ट्रोल, वायरलेस चार्जर जस्ता फिचर छन् । साथै यसमा सनरुफ, किलेस इन्ट्री, स्टार्ट एन्ड एक्जिट सिस्टम पनि रहनेछ ।
कुशकमा ६ वटा एयरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट, अटो हेलल्याम्प र वाइपर तथा मल्टिकोलिजन ब्रेकिङ सिस्टम जस्ता सुरक्षा फिचर रहेका छन् ।

कुशक क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोर्नेडो रेड गरी विभिन्न पाँच कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजारसम्म कायम गरिएको छ । सबै भेरियन्टको मूल्य थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

