काठमाडौं । नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लू स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट-अफ-दी-आर्ट’ ‘युरोपियन-क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ ।
नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक डा. चक्रराज पाण्डे र लोेकप्रिय कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरे । नयाँ ‘स्टेट अफ दी आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा आधारित रहेको छ ।
काठमाडौं स्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ । यो सर्भिस सेन्टरबाट स्कोडाका ग्राहकले अद्वितीय युरापियन गुणस्तरको सर्भिस पाउने कम्पनीको दावी छ ।
काठमाडौंको सितापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ, जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा बे रहेका छन् ।
यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ ।
‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौं । हामीलाई विश्वास छ यो स्टेट–अफ–आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौं,’ सर्भिस सेन्टरको उद्घाटनमा स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।
हाल नेपालका नौ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ । ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य स्कोडाले लिएको जनाएको छ ।

