इन्डिया फ्युचर मोभिलिटी शोमा मारुती सुजुकीले ल्याउँदै ‘सोलियो हाइब्रिड’

मारुती सुजुकीले आगामी वर्ष भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक कार सार्वजनिक गर्ने तयारी गरिहकोे छ । कम्पनीले हाल, ५० वटाभन्दा बढी प्रोटोटाइपको परिक्षण गरिरहेको वागेन–आर ईभीसँगै अर्को मोडल ‘सोलियो हाइब्रिड’लाई २०१९ को ‘फ्युचर मोभिलिटी शो’मा प्रदर्शन गर्ने तयारी गरेको छ । 

फ्युचर मोभिलिटी कन्फ्रेन्समा जिरो इमिशन भेहिकल, मल्टिपल चार्जिङ सुविधा तथा पूर्वाधार, स्ट्रङ्ग इलेक्ट्रीक मोबिलिटीलगायतका विविध विषयतमा छलफल हुने गर्छ ।

मारुती सुजुकीले वागेन–आर ईभीमा जेडीएम स्पेक एक्सटेरियर दिइएको छ भने, ७२ भोल्ट सिस्टमको १० देखि २५ किलोवाट लिथियम आयन ब्याट्री प्याक लगाइएको छ । सन् २०१२ को अटो एक्स्पोमा  पहिलो पटक सार्वजनिक गरिएको सोलियोमा भने, बक्सी स्टाइल दिइएको छ  । 

पाँच सिटर एमपीभीमा रियर डोर लगाइएको छ । यसको रेगुलर मोडलमा भने १.२ लिटर पेट्रोल इन्जिन  लगाइएको छ  । हाइब्रिड पावर ट्रेन युक्त उक्त इन्जनले ९१ बिएचपी पावरका साथै ११८ एनएम टर्क उत्पादन गर्छ । यसमा पँच स्पिड एएमटी ट्रान्समिसन लगाइएको छ । सुजुकी सोलियो हाइब्रिडमा पनि इन्फोटेनमेन्ट सिस्टम, मल्टी फक्सशनल स्टेयरिङ्ग ह्वील, इन्र्टग्रेटेड कन्ट्रोल लगायतका विभिन्न आकर्षक विशेषता दिइएको छ । 


Back_to_top