विश्व अटो बजारमा सेडान ताथ ह्याचव्याकबाट ग्राहकहरु एसयूभी सेग्मेन्टमा कन्भर्ट भईरहेका छन् । एसयूभीमा पनि फूलसाईज, मीडसाईज र कम्प्याक एसयूभी गरि तीनवटा क्याटगोरी रहेको छ ।
कम बजेट हुने तर, एसयूभीको फिल गर्न चाहने ग्राहकहरु कम्प्याक साईजका एसयूभीमा आकर्षित भईरहेका छन् । विशेषत भारतीय बजारलाई केन्द्रमा राखेर फोडले इकोस्पोर्ट उत्पादन सुरु गरेसँगै कम्प्याक एसयूभीमा नयाँ क्रान्तिनै आयो ।
इकोस्पोर्ट पछि बजारमा यो सेग्मेन्टमा गाडी उत्पदन गर्ने कम्पनीमा मारुती सुजुकीको ब्रेजा, महिन्द्राको टीयूभी–३००, टाटाको नेक्सन तथा होन्डाको डब्लुआर–भी यो सेग्मेन्टमा आए ।
यो सेग्मेन्टमा गाडीको बिक्री हेर्ने हो भने गत जनवरीमा सबैभन्दा बढी मारुती सुजुकीको भिटारा बे्रेजा रहेको छ । जसले यो सेग्मेन्टमा ५६ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
त्यसपछि क्रमश टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, होन्डा डव्ल्यूआर–भी र महिन्द्रा टीयूभी–३०० रहेका छन् ।
आउँदै नयाँ प्रतिस्पर्धी
सब कम्प्याक एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धी थपिने क्रम जारी रहेको छ । जसमा महिन्द्रा एक्सयूभी–३०० र हुन्डाईको कार्लिनो कन्सेप्टमा उत्पादन भएको गाडी रहेको छ ।
महिन्द्राले कोरियन अटो कम्पनी स्याङ्गयोङ्ग टिभोलीको प्ल्याटफर्ममा निर्माण गरेको एक्सयूभी–३०० फ्रेब्रुबरी १४ मा सार्वजनिक गर्दैछ । मारुतीको ब्रेजा जस्तै बक्सी डिजाईनमा निर्माण गरिएको यो कम्प्याक एसयूभी ब्रेजाको कडा प्रतिस्पर्धीको रुपमा बजारमा आउने पक्का रहेको छ ।
बे्रजाको जतिनै ठ्याक्कै लम्बाई रहेको एक्सयूभी–३०० को उचाई भने ब्रेजा भन्दा केहि कम रहेको छ, तर चौडाई भने केही बढि रहेको छ ।
ह्वीलवेस हेर्ने हो भने एक्सयूभी–३०० मा ब्रेजाभन्दा १०० एमएम बढी रहेको छ । साथै एक्सयूभी–३०० मा ब्रेजाको भन्दा १ इन्च ठूलो अलोय ह्वील रहेको छ, जसले यसलाई थप स्पोर्टी बनाएको छ ।
यस्तो छ एक्सयूभी–३००
एक्सयूभी ३०० पेट्रोल र डिजल दुबै इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसमा १.२ लिटरको टर्बोचार्ज्ड तथा १.५ लिटरको डिजल इन्जिन दिइएको छ । महिन्द्राले गाडीलाई स्टाइलिस र आकर्षक बनाउन सेग्मेन्ट फर्स्ट नयाँ फिचरहरु राखेको छ ।

नयाँ एसयूभीमा पछाडिको साथै अगाडि बम्परमा पनि पार्किङ्ग सेन्सरको प्रयोग गरिएको छ । त्यस्तै सेग्मेन्टमै पहिलो पटक हिटेड ओआरभिएमको प्रयोग गरिएको छ । चिसो मौसममा ओस, सित वा पानी जमेमा यसलाई हिटीङ्ग गरेर क्लिीयर गर्न सकिन्छ ।
सुरक्षाका लागि एक्सयूभी ३०० ले सेग्मेन्टमै पहिलो पटक चारैवटा चक्कामा डिस्क ब्रेक दिएको छ । इन्टेरियसमा डियुल जोन क्लाईमेट कन्ट्रोल दिइएको छ । जसको सहायताले चालक र प्यासेन्जरले फरक–फरक टेम्प्रेचर महशुस गर्न सक्छन् ।
त्यस्तै यसको स्टेरिङ्गमा पनि सेग्मेन्टमै पहिलो पटक तीनवटा मोड दिएको छ । चालकले चाहे जसरी स्पोट्स, कम्फर्ट तथा नर्मल मोडमा राखेर स्टेयरिङ्ग कन्ट्रोल गर्न सक्ने छन् ।
भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले पहिलो पटक कोरियन अटो स्याङ्गयोङ्गको बेसमा बनाएको यो कम्प्याक एसयूभी फिचर प्याक स्टाईलीस एसयूभी भएकोमा दुईमत छैन ।
तर, बजारमा आईसकेपछि मात्र यसले यो सेग्मेन्टमा कत्तिको धक्का पूर्याउने क्षमता राख्छ हेर्न सकिने छ । त्यसमाथि अझ यसको मूल्यले समेत ग्राहकको ध्यान खिच्न सक्नु पर्छ । त्यसको लागि भने ६ दिन अझै कुर्नु पर्ने हुन्छ ।

