सुनिल लम्साल बने भौतिक पूर्वाधारमन्त्री, यस्तो छ बालेन मन्त्रिपरिषद्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाएको छ ।

उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै पद तथा गोापनियताको शपथ ग्रहण गर्दै छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको रूपन्देही-१ बाट निर्वाचित भएका थिए ।

उनी एक सिभिल/स्ट्रक्चरल इन्जिनियर हुन् । लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका लम्सालले भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

उनी हाल काठमाडौं विश्वविद्यालयबाट ‘सोलिड वेष्ट म्यानेजमेन्ट’ विषयमा विद्यावारिधि गर्दै छन् ।उनले काठमाडौं महानगरपालिकामा बालेन मेयर हुँदा पूर्वाधार सल्लाहकारको रुपमा काम गरेका थिए ।

उनको प्राविधिक रूपमा सक्षम र विकासमुखी सोच भएका व्यक्तिको रुपमा छवि छ । उनको वास्तविक क्षमता भने अब मन्त्रीको रुपमा गर्ने काम र त्यसबाट आउने परिणामले तय गर्नेछ ।

यस्तो छ बालेन मन्त्रिपरिषद्

बालेन्द्र शाह :  प्रधानमन्त्रीररक्षा

डा. स्वर्णीम वाग्ले : अर्थमन्त्री

सुदन गुरुङ : गृहमन्त्री

शिशिर खनाल : परराष्ट्र मन्त्री

सोविता गौतम : कानुन मन्त्री

सस्मित पोखरेल : शिक्षा मन्त्री

सुनिल लम्साल : भौतिक पुर्वाधार तथा यातायात

प्रतिभा रावल : सामान्य प्रशासनरभूमी : सहकारी तथा गरिबी निवारण

सिता वादी : महिला बालबालिका तथा ज्येष्ठ नागरिक

अमरेश कुमार सिहं : उद्योग वाणिज्य तथा आपूर्ति

विराज भक्त श्रेष्ठ : उर्जा जलस्रोत तथा सिंचाई

निशा मेहता : स्वास्थ्य तथा जनसंख्या

गनेश पौडेल : संस्कृतिरपर्यटन

डा। विक्रम तिमल्सिना : सञ्चार तथा सूचना

दीपक शाह : श्रम रोजगार तथा सामाजिक सुरक्षा

गीता चौधरी : कृषि तथा पशुपंक्षी


Back_to_top