चर्चित ‘सुसाइड डोर’ कार पुनः आउने, यसरी राखिएको थियो अनौठो नाम

अमेरिकाको लक्जरी कार उत्पादक कम्पनी लिकंन कन्टिनेटल मोटरले आफ्नो चर्चित कार सुसाइड डोर पुनः बजारमा ल्याउने भएको छ । सन् १९६० मा निक्कै रुचाइएको यो कारको ढोकोकै कारण चर्चामा आएको थियो । 

कम्पनीले यो कारको उत्पादन सन् २००२ बा बन्द गरिएको थियो । र पुनः, २०१६ मा प्रदर्शन यो कार अब भने पुनः उत्पादन सुरु हुने भएको छ । यस कम्पनीका संस्थापक हनेरी फोर्डका छोराले व्यक्तिगत प्रयोजनका लागि सन् १९३९ मा कन्टिनेन्टल कम्पनी स्थापना गरेर कार निर्माण गरेका थिए । सन् १९६१ बाट यो कार ग्राहकलाई लक्षित गर्दै उत्पादन गरिएको थियो ।  

किन राखियो सुसाइड डोर नाम ?

चलिरहेको समयमा उक्त कारको ढोका खोले बन्द गर्न निक्कै मुस्किल पर्ने गर्छ । हावाको दबाबका कारण ढोका बन्द गर्न नसकिने भएकाले यसको नाम नै ‘सुसाइड डोर’ राखिएको हो । 

यसलाई कोच डोर पनि भनिन्छ । यसको ढोका राख्नकै लागि कारको लम्बाई ६ इन्च बढाउनु परेको थियो । त्यतिमात्रै नभई, यो कारसँग अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको मृत्युको रहस्य जोडिएको छ । सोही कारमा गोली हानी उनको हत्या गरिएको थियो । उक्त समयका चर्चित कलाकार, शासकहरुको रोजाइमा ‘सुसाइड डोर’ पर्ने गथ्र्याे । 


Back_to_top