काठमाडौं । महिला दिवसको अवसरमा इलेक्ट्रीक स्कुटर र मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । सुपर सोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी डि लाइफस्टाइलले र्याली निकालेको हो ।
‘सोको फर इन्पावरमेन्ट’ मुख्य नारा रहेको उक्त र्यालीमा १० जना सहभागी रहेको कम्पनीका सेल्स इन्चार्ज गोकुल राउतले जानकारी दिए । र्याली लाजिम्पाटदेखि रानीबारी, सामाखुसी, ग्राण्डी, टोखाहुँदै झोर पुगेर सोही रुटबाट फर्किएको थियो ।
करिब ३५ किलोमिटरको उक्त र्यालीको उद्देश्य महिलालाई मोटरसाइकल र स्कुटर चलाउन प्रोत्सान गर्नु रहेको राउतले जानकारी दिए । कम्पनीले हाल नेपालमा १० मोडलका इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल बिक्रीवितरण गर्दै आइरहेको छ ।


