भारतमा एसयूभी विक्री बढ्दै, नेपालमा पनि बजार हिस्सा बढ्दो

काठमाडौं । भारतीय बजारमा जुलाई महिनाको विक्री तथ्यांक सार्वजनिक भएको छ । जुलाई महिनाको विक्री तथ्यांकमा सर्वाधिक विक्री हुने एसयूभीमा हुन्डाई क्रेटा अग्रस्थानमा रहेको छ ।

नयाँ जेनेरेशन मोडल आएसँगै क्रेटाको क्रेज निकै बढेको देखिन्छ । जुलाईमा क्रेटा १३ हजार यूनिट विक्री भएको छ भने यसको प्रतिस्पर्धी किया सेल्टोसको विक्री ६ हजार ९८३ यूनिट रहेको छ । यहि सेग्मेन्टमा महिन्द्रा स्कर्पियो ३ हजार ८५५ यूनिट विक्री भएको छ ।

सब फोर मिटर सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा सर्वाधिक विक्री भएको छ । ब्रेजा १२ हजार ६७६ यूनिट विक्री हुँदा टाटा नेक्सन यो सेग्मेन्टमा दोस्रो स्थानमा उक्लेको छ । नेक्सनको विक्री १० हजार २८७ यूनिट भएको छ । एउटै महिनामा नेक्सनको यो विक्री सर्वाधिक हो ।

जुलाईमा हुन्डाई भेन्यू ८ हजार १८५ यूनिट, किया सोनेट ७ हजार ६७५ यूनिट, महिन्द्रा एक्सयूभी ३०० को ६ हजार २७ यूनिट, निसान म्याग्नाइट, ४ हजार ७३ यूनिट र रेनो काइगर ३ हजार ५५७ यूनिट विक्री भएको छ ।

कम्पनीहरुले विक्री गरेको यो संख्या ग्राहकलाई हस्तान्त्रण गरेको भने होइन । यी सबै गाडी भारतीय डिलर नेटवर्कमा पठाइएको संख्या हो ।

नेपालमा पनि कम्प्याक्ट र सब फोर मिटर एसयूभी सेग्मेन्टको विक्री निकै बढेको छ । आयात तथ्यांकको आधारमा नेपालमा ५५ प्रतिशत बजार हिस्सा एसयूभी सेग्मेन्टले ओगटी सकेको छ ।


Back_to_top