काठमाडौं । मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले फ्रोनक्सको मूल्य श्रावण ८ गते सार्वजनिक गर्ने भएको छ । कम्पनीले श्रावण ८ गते मूल्य सार्वजनिक गर्ने घोषणा सहित फ्रोनक्सको बुकिङ सुरु गरेको हो ।
सिजी मोटोकर्पले फ्रोनक्स क्रसओभर मोडल कति भेरियन्टमा ल्याउँछ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । यसको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा सिग्मा, डेल्टा, डेल्टा एएमटी, डेल्टा प्लस म्यानुअल र डेल्टा प्लस एएमटी भेरियन्ट भारतमा उपलब्ध छ ।
त्यसैगरी, १.० लिटर टर्बो इन्जिनमा डेल्टा म्यानुअल, जेटा म्यानुअल, जेटा अटोमेटीक, अल्फा म्यानुअल, अल्फा अटोमेटीक, अल्फा ड्यूल टोन म्यनुअल र अल्फा ड्यूल टोन अटोमेटीक भेरियन्ट छ । टर्बो इन्जिन नेपाली बजारमा उपलब्ध नहुन सक्छ ।
ब्रेजाभन्दा कम मूल्यमा उपलब्ध हुने फ्रोनक्स सम्भवत ३६ लाखदेखि ४८ लाख भित्रमा आउने भेरियन्टलाई प्राथमितामा राखेर ल्याउने सम्भावना धेरै देखिन्छ । ४८ लाख माथि ब्रेजामा नै धेरै अप्सन ग्राहकले पाउने छन् ।

यस क्रसओभरमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की–लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर पाउन सकिन्छ । साथै, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।
मारुती फ्रोनक्सको टप भेरियन्टमा ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, लेदर ¥याप स्टेयरिङ ह्वील, डुअल टोन एक्सटेरियर कलर र १६ इन्चको डायमण्ड कट एलोय ह्वील जस्ता सुविधाले सुसज्जित गरिएको छ ।
मारुती सुजुकीको नयाँ क्रसओभरमा ७.० इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ओएटी, इलेक्ट्रीकली एडजस्टेबल विङ मिरर, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, सुजुकी कनेक्टेड कार फिचर्स, रियर एसी भेन्ट्स पनि पाउन सकिन्छ ।

