थोरै लगानीमा सामान ओसार पसार गर्न उपयोगी टाटा र मारुतीका सामान बोक्ने गाडी (मूल्यसहित)

काठमाडौं । पछिल्लो समय देशभित्रै केहि गर्नु पर्छ भन्ने युवा भावनाले आफ्नो सीप अनुसारको काममा युवाहरु लागेको पाउन सकिन्छ । धेरै युवाहरुको स्वरोजगारको माध्यम सवारी साधनहरु बन्न थालेका छन् ।

पहाडी बाटोमा ठूला महिन्द्रा र टाटाका पीकअप चलिरहेका छन् भने, फोर ह्वील ड्राइभ नै चाहिने वाटाहरुमा महिन्द्राको एकछत्र राज रहेको छ । यस्तोमा सहरी र तराइका क्षेत्रमा सामान ओसार पसारमा प्रयोग गर्न साना क्यारी भ्यानहरुको प्रयोग बढ्दै गएको छ ।

खाद्यान्न, फर्निचर, तरकारी, दुध, पानी, ग्यास लगायतका ठूलो परिमाणमा दैनिक ओसार पसार हुने बस्तुहरु बोक्न अहिले साना क्यारी भ्यानहरु प्रयोग भइरहेका छन् । टाटाले यस्ता आवस्यकता पुरागर्न ‘टाटा एस’ र मारुती सुजुकीले सुपर क्यारीको बिक्री वितरण गर्दै आएको छ ।

टाटा एसलाई विभिन्न तीन भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्ट एचटी २ को मूल्य १२ लाख ३५ हजार तोकेर बिक्री गर्दै आएको छ भने अन्य भेरियन्टमा इएक्स टु र एस मेगा रहेका छन् ।

मारुती सुजुकी सुपर क्यारीको मूल्य ११ लाख ९९ रुपैयाँ तोकेर बिक्री वितरण हुँदै आएको छ । तर, अहिले कम्पनीले डिजेल इन्जिनयुक्त सुपर क्यारी बिक्री गरिरहेकोमा अब यो मोडलको बिक्री बन्द गर्ने भएको छ । चाँडै कम्पनीले पेट्रोल इन्जिनयुक्त सुपर क्यारी नेपाल ल्याउने तयारी गरेको जनाएको छ ।

सुपर क्यारीमा ७९३ सीसी क्षमताको टुइन सिलिण्डर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले ३५०० आरपीएममा ३२.६३ बीएच पावर र ७५ एनएम टर्क प्रदान गर्छ । यसले ७४० केजी लोड बोक्ने क्षमता राख्छ ।

१६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको सुपर क्यारीमा ३.२५ स्क्वायर मिटर कार्गो स्पेश रहेको छ । १२ इन्चको ह्वील दिइएको छ । अब आउने पेट्रोल इन्जिन भने पहिलेभन्दा ठूलो क्षमताको हुने छ । यसमा ११९६ सीसी क्षमता इन्जिन दिइएको छ ।

टाटा एस नेपालमा सर्वाधिक सफल गाडी हो । सहरदेखि तराईसम्म यसको प्रभाव निकै राम्रो रहेको छ । यसमा ७०२ सीसी क्षमताको दुई सिलिण्ड, वाटर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ३२०० आरपीएममा १६ हर्स पावर र २००० आरपीएममा ३८ एनएम टर्क प्रदान गर्छ ।

टाटा एसको सुरुवाती भेरियन्टले एक पटकमा ६०५ केजी तौल बोक्न सक्ने क्षमता राख्छ । यसको पनि ग्राउन्ड क्लियरेन्स १६० एमएम नै रहेको छ ।


Back_to_top