टाटाले चेरीसँग मिलेर नयाँ कम्प्याक्ट एसयूभी निर्माण गर्ने

टाटा मोटर र चिनियाँ अटोमोबाइल कम्पनी चेरीले सहकार्य गर्दै हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने कम्प्याक्ट एसयूभी निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । दुबै कम्पनीले संयूक्त लगानी र योजनामा निर्माण हुने यो मोडल २०२१ सम्ममा बजारमा ल्याउने लक्ष्य राखेका छन् । 

चिनियाँ अटो कम्पनी चेरीले टाटा  मोटरसँगको सहकार्यले भारतीय बजारमा स्थापित हुन नयाँ बाटो निर्माण गर्ने अपेक्षा लिएको छ । यस सहकार्यले ब्ल्याक बर्ड एसयूभी निर्माणका लागि अतिरिक्त प्लाटफर्म निर्माण हुने टाटा कम्पनीको अपेक्षा छ । 

ब्ल्याक बर्ड एसयूभीको लम्बाई करिब ४३३८ मिटर रहेने छ । यो एसयूभी अल्फा  र ओमेगा अवधारणामा निर्माण भइरहेको छ । कम्पनीले मिडसाइज एसयूभीको लागि ल्यान्ड रोभरबाट ओमेगा प्लाटफर्म लिएको हो । 

यी दुई कम्पनी मिड साइज एसयूभी उत्पादनमा कोर प्लानिङ निर्माण गरेरै अगाडि बढ्ने भएका छन् । सोही योजना अनुरुप ‘टप ह्याट’ निर्माण गर्दै एक अर्काको चेसिस, सस्पेन्सन, पावरट्रेन लगायतका प्लाटफर्म प्रयोग गर्ने जानकारी दिएइएको छ । 

चेरी र टाटा मोटर्सले २०१२ बाट सहकार्य गर्दै आएका थिए । सन् २०१३ मा दुबै कम्पनीले सहकार्यमै भारतीय बजार प्रवेश गर्ने योजना बनाएका थिए । यसरी, दुई ठूला अटो उत्पादक कम्पनीले संयुक्त रुपमा लगानी, योजनासँगै नयाँ अवधारणा सहित भारतीय बजार प्रवेश गर्दा आगामी दिनमा प्रविधी र उत्पादनमा अझै प्रतिस्पर्धा बढ्ने अनुमान लगाइएको छ । 


Back_to_top