टाटाको जनवरी फेष्ट भोलिबाट, कार चलाउँदा उपहार

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अंग्रेजी नयाँ वर्षको अवसरमा जनवरी फेष्ट आयोजना गर्ने भएको छ । कम्पनीले शुक्रबारदेखि आइतबारसम्म थापाथली शोरुममा यो फेष्ट आयोजना गर्न लागेको हो ।

यो फेष्टमा टाटाका अल्ट्रोज, एचफाईभ, नेक्सन, टियागो, टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

यस फेष्ट योजना अन्तर्गत टाटाका कुनै पनि गाडीको खरीदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको उत्कृष्ट मूल्यांकन र टेष्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्पर दिने योजना अघि सारेको छ । कम्पनीले फेष्टका अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत संचालन गर्ने जानकारी दिएको छ ।

टाटाले हरेक वर्ष यस्तै कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्षपनि यसलाई निरन्तरता दिएको हो ।


Back_to_top