टाटाकाे चर्चित एसयूभी सुमो आउला नयाँ इन्जिनमा ?

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले आफ्नो चर्चित एसयूभी सुमोलाइ नयाँ इन्जिनमा ल्याउने वा नल्याउने भन्ने विषय बाहिर ल्याएकाे छैन । सुमो गोल्डमा ३.० लिटर कमन रेल फोर सिलिन्डर इन्जिन रहेको छ जसले ३ हजार आरपीएममा ८४ एचपी पावर र १ हजार आरपीएममा २५० एनएम टर्क दिन्छ । 

५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको टाटा सुमो गोल्डले प्रतिलिटर १४.७ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ । ४ अप्सनमा उपलब्ध सुमो गोल्डको मूल्य ७ लाख ५२ हजारदेखि ८ लाख ९६ हजार भारुसम्म रहेको छ । 

सुमो १९१९ मा फोर ह्वील ड्राइभ एसयूभी भएको थियो । धेरै कम्पनीका नाम चलेका सवारी मोडलहरु सुरक्षा तथा प्रदूषण मापदण्डका कारण नयाँ स्वरूपमा ल्याउनु पर्ने भएकाे हाे । भारतले २०२० को अप्रिलदेखि सबै सवारीसाधनमा प्रदूषण स्तर बीएस–६ (यूरो–६) लागु गर्ने निर्णय गरि सकेको छ । 


Back_to_top