काठमाडौं । टाटा प्यासेन्जर कारको नयाँ शोरुम ललितपूरको सातदोबाटोमा खुलेको छ । सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालि नामबाट संचालनमा आएको नयाँ शोरुमबाट ग्राहकले सेवा पाउने छन् ।
टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले ग्राहकलाई आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको ललितपुरमा उद्घाटन भएको हो । टाटा मोटर्स र सिप्रदी टेडिङ्गले ग्राहकसँग गरेको प्रतिबद्घता अनुुसार आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा नयाँ शोरुम संचालनमा ल्याएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शोरुम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा टाटा मोटर्सको तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सन्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती लगायतको उपस्थिति रहेको थियो ।
नयाँ शोरुममा टाटा मोटर्सका नयाँ बीएस ६ गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले जनाएको छ ।

