काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटाको बहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी नेक्सनको आजबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले आज २ बजे डिजिटल प्ल्याटफर्म मार्फत नेक्सन इभी सार्वजनिक गर्ने भएको हो ।
यसअघि सडक परिक्षणको क्रममा देखिएको नेक्सन निकै प्रतिक्षित मोडलको रुपमा रहेको छ । गाडी विक्री सुरु गर्नुअघि सिप्रदी ट्रेडिङले नेक्सन इभी चार्जगर्न देशका विभिन्न भागमा फास्ट चार्जरपनि जडान गरेको जनाएको छ ।
विशेषत २०५ एमएमको उच्च ग्राउन्ड क्लेयरेन्स र कम मूल्यको सब फोर मिटर एसयूभी भएकै कारण अहिले यसको चर्चा निकै रहेको पाइन्छ । यद्यपी कम्पनीले यसको मूल्य अझै बाहिर ल्याएको छैन । ३५ लाखदेखि ४० लाखसम्म मूल्य निर्धारण भएर विक्री सुरु हुने धेरैले अनुमान गरेका छन् ।
टाटाको जिपट्रोन प्ल्याटफर्ममा बनेको नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ भने, यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एआरएआईको अनुसार एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिने प्रमाणित गरिएको छ । तर, विभिन्न एजेन्सीले गरेको परिक्षण अनुसार गाडीमा भएका सबै इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग गरेर सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने देखिएको छ ।
नेक्सन इभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता फिचर पाउन सकिन्छ ।
यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ । लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।

