काठमाडौं । टाटाको चर्चित सब फोर मिटर एसयूभी नेक्सनको फेसलिफ्ट मोडलको तस्बिर बाहिर आएको छ । अटो कार इन्डियाले ‘स्कुप’भन्दै नयाँ नेक्सनको तस्बिर सार्वजनिक गरेको हो ।
यसअघि पूर्णरुपमा छोपेर फेसलिफ्ट नेक्सनको परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका थिए । अटोकारले बाहिर ल्याएको तस्बिर अनुसार नेक्सन फेसलिफ्ट टाटा ब्राण्डको आउँदै गरेको कर्भ र ह्यारीयर ईभी कन्सेप्टबाट प्रेरित देखिन्छ ।
यसमा थुप्रै स्टाइलिस एलिमेन्ट्सहरु कर्भ र ह्यारीयर ईभी कन्सेप्टबाट लिएको देखिन्छ । टाटाले आफ्नो सफल मोडल नेक्सनमा गरेको यो दोस्रो फेसलिफ्ट हो । यसअघि २०२० मा नेक्सन फेसलिफ्ट भएको थियो ।
टाटा नेक्सन एक्टेरियर
प्रतिस्पर्धी बजारमा धेरै जसो कम्पनीले फेसलिफ्टमा हल्का मात्रै परिमार्जन गर्ने गरेको पाइन्छ । तर, टाटाले यो एसयूभी बडी डिजाइनदेखि थुप्रै पार्टस् परिवर्तन गरेर ल्याउन लागेको हो ।
नेक्सन फेसलिफ्टको फ्रन्ट फेन्डर रिडिजाइन भएको छ । जहाँ नयाँ स्प्लीट हेडल्याम्प देखिएको छ । यसको बोनेट पनि केही अग्लो र मस्कुलर डिजाइनमा बनेको छ । नयाँ डिजानको स्लीम डीआरएलको प्रयोग गरेको देखिन्छ ।

एसयूभीको तल्लो बम्पर पनि वाइड र ठूलो साइजको छ । बम्परको दुबै साइडमा अंग्रेजी अक्षर सी सेपको डिजाइन बनेको छ, जहाँ मेन हेडल्याम्प क्लस्टर र फगल्याम्प पाउन सकिन्छ । यसको अगाडि भागमा देखिने ‘ट्राइ एरो सेप’ भने पुरै हटेको छ ।
नयाँ नेक्सनको साइड प्रोफाइलमा भने खासै ठूलो परिवर्तन देखिदैन । झ्याल र ढोकाको डिजाइन पहिल्यैको जस्तो छ । साइडमा रहेको ट्राइएरो डिजाइन हटाइएको देखिन्छ । अलोय ह्वील पनि पूर्ण नयाँ डिजाइनमा देखिएको छ ।
एसयूभीको पछाडिको भागपनि पुरै परिवर्तन देखिएको छ । नेक्सनको सिग्नेचर डिजाइन एलिमेन्टको रुपमा रहेको पछाडिको झ्यालको तल रहेको कन्ट्रास्ट कलरको व्यान्ड हटेको छ । नेक्सनले अहिले चल्तीमा रहेको एलइडी कनेक्टेड टेलल्याम्प क्लष्टरको प्रयोग गरेको छ । त्यस्तै नयाँ डिजाइनको रुफ माउण्टेड स्पोइलर र हिडन रियर वाइपर यसमा दिएको छ ।
इन्टेरियर
टाटाले नेक्सन फेसलिफ्टको एक्टेरियर जस्तै इन्टेरियरमा पनि धेरै परिवर्तन गरेको अनुमान गरिएको छ । प्राप्त स्पाई सटहरुका अनुसार नेक्सनमा रिडिजाइन भएको ड्यासबोर्ड, ठूलो साइजको टचस्कृन, टचवेसको नयाँ सेन्टर कन्टोल प्यानल, नयाँ डिजिटल इन्ट्रुमेन्ट क्लष्टर , नयाँ स्पोर्टी टु स्पोक स्टेरिङ ह्वील दिनेछ ।
नेक्सन फेसलिफ्टमा पहिलाको जस्तै १.२ लिटरको टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध हुनेछ । कम्पनीले यसलाई म्यानुअल र एएमटी गियरबक्समा ल्याउने छ ।
सम्भवत टाटाले यसमा डीसीटी (डिउल क्लच ट्रान्समिशन) दिन सक्ने सम्भावना देखिन्छ । कम्पनीले फेसलिफ्ट नेक्सन आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सेप्टेम्बर महिनामा बजारमा उतार्ने अनुमान गरिएको छ । कम्पनीले यही डिजाइन ईभीमा पनि प्रयोग गर्नेछ ।

