टाटा एनआरजी धनगढीमा सार्वजनिक

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले  टाटाको  प्यासेन्जर भेहिकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी धनगडीमा सार्वजनिक गरेको छ । ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन उत्पादन गर्न शुरू गरेको हो, जसलाई  नेपालको सबैभन्दा यङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी) को रूपमा राखिएको छ । 

१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेकोछ । यो तीनवटा आकर्षक रंगहव मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट मा उपलब्द रहेको छ । 

एनआरजीमा कालो छत र रूफरेल पनि रहेको छ । आजबाट विक्री शुरू गरिएको टाटा एनआरजी धनगडीमा रावत कन्सर्न प्रालि मार्फत उपलब्ध हुनेछ ।  यो सीयुभी  धनगढीकाे शोरूमबाट २९ लाख ५५ हजार शुरूवाति मूल्यमा ग्राहकले खरिद गर्न सक्ने छन् । 


Back_to_top