काठमाडौं । एकै दिनमा ७० हजार युनिट बुकिङ भएर रेकर्ड बनाएको टाटाको मिडसाइज एसयूभी सियराको इलेक्ट्रीक भर्सन चाँडै बजारमा आउने भएको छ ।
कम्पनीले सन् २०२६ को पहिलो त्रैमासमै लन्च गर्ने अनुमान गरिएको सियरा ईभीमा दुई फरक ब्याट्री अप्सन हुने भएको हो ।
टाटाले सियरा ईभीमा कर्भ ईभी र ह्यारीयर ईभीम प्रयोग भएको ५५ र ६५ किलोवाट आवरको दुईब्याट्री अप्सन दिने अनुमान गरिएको छ । यसअघि कर्भ र ह्यारीयर ईभीमा प्रयोग भएको यी ब्याट्रीले ४०० देखि ५०० किलोमिटरको रियल वर्ड रेन्ज दिने दाबी छ ।
टाटाको सियरा ईभी रियरह्वील र अलह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । टाटा मोटर्सले रोडटेस्ट गरिरहेको सियरा ईभीको फ्रन्टमा क्लोज ग्रिल डिजाइनको साथमा फुलविथ वारवार एलईडी डीआरएल रहेको छ । स्प्लीट हेडल्याम्प, डार्क कलरको बम्पर, फ्रन्ट स्कीड प्लेटले सियरा ईभीलाई म्याचो लुक्स दिएको छ ।
सियरा ईभीमा प्रोमिनेन्ट सोल्जर लाइन, स्क्वायर्ड ह्वीलआर्कको साथमा सिग्नेचर विण्डो ट्रिटमेन्ट दिएको छ । सियरा ईभीमा फ्लस डोर ह्याण्डल र स्पोर्टी अलोयह्वील किहाइलाइट हुन् । सियरा ईभीको फ्रन्टमा जस्तै रियरमा पनि कनेक्टेड एलइडी लाइटबार, बक्सी टेलगेट डिजाइनको साथमा ईभी ब्याजिङ रहने छ ।
सियरा ईभीको क्याविनमा कम्बस्चन मोडलको जस्तै ट्रिपल स्क्रीन ड्यासबोर्ड रहने छ । यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो साइजको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्लेको साथमा फ्रन्ट प्यासेन्जरलाई समेत डेडिकेटेड स्क्रीनको अप्सन रहने छ । एम्बियन्ट लाइट, प्यानारोमिक ग्लासरुफ, प्रिमियम मेटेरियलको इन्टेरियर, लेयर्ड ड्यासबोर्ड टेक्सचर आदिले यो ईभीको क्याबिनलाई प्रिमियम देखाएको छ ।

