काठमाडौं । नेपालमा सर्वाधिक सफल ह्याचव्याक कार टियागो ईभीको फेसलिफ्ट भारतमा बिक्री सुरु भएको छ । भारतमा बिक्री सुरु भएको टियागो ईभी अबको केही समयपछि नेपाल पनि आउने छ ।
नेपाल आउने सानो ह्याचव्याकमा कम्पनीले एक्स्टेरियर र इन्टेरियरमा परिमार्जन गरेको छ । तर, नयाँ टियागोमा मेकानिकल परिवर्तन भने केही भएको छैन ।
हाम्रो बजारमा सफल र चर्चित ह्याचव्याकमा के कस्ता परिवर्तन भएका छन् भन्ने विषयमा हामीले यहाँ जानकारी दिने प्रयास गरेका छौं ।
बाहिरी डिजाइनमा फरक
नयाँ टियागो ईभीमा यसअघिको हलोजीन लाइटलाई परिवर्तन गरेर एलइडी लाइट प्रयोग भएको छ । अगाडि ग्रीलमा रहेको ईभीको व्याज हटाइएको छ । अहिले बिक्रीमा रहेको टियागोको क्लोजअफ नोज मूनी रहेको ब्लुस्ट्रीपको सट्टामा सिल्भर लाइन प्रयोग भएको छ ।
लोअर एयरड्याममा दिएको स्लान्टीङ लाइन बीचमा आएको मिलेको त्रिभूज आकारको डिजाइनमा तयार पारिएको छ । साइडमा अगाडिको ढोकाको तलपट्टी ईभीको व्याजिङ दिइएको छ ।
त्यसैगरी, नयाँ डिजाइनको ह्वील तथा सार्कफिन एन्टेना नयाँ टियागो ईभीमा देखिन्छ । अब टियागो ईभीमा चिली लाइम पेन्ट प्रमोसन कलर हुनेछ । यसका साथै प्रिस्टीन ह्वाइट, डेटोना ग्रे, टियल ब्लु, एरिजोना ब्लु र सुपरनोभा कपर बडी कलर अप्सन रहेको छ ।
भित्र पाइने फरक
नयाँ टियागो ईभीको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १०.२५ इन्चको ठूलो साइजको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट दिएको छ । यसमा टाटा पन्च ईभीको जस्तै टु स्पोक स्टेरिङ ह्वील दिएको छ ।

ड्राइभर इन्फर्मेसन डिस्प्लेको लागि फुल्ली डिजिटल स्कृन आएको छ । नयाँ टियागोको एसी र एमआईडी वरिपरी एक्टेरियरमा जस्तै सिल्भर लाइन दिएको छ । नयाँ टियागो ईभीको अपहोस्ट्रेको कलर पनि ह्वाइटबाट परिवर्तन गरेर ग्रे र व्ल्याकको कम्बीनेसन दिइएको छ ।
ब्याट्री साइज
टाटा मोटर्सले नयाँ टियागो ईभीमा १९.२ र २४ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक अप्सन रहेको छ । जुन अहिले बजारमा उपलब्ध मोडल जस्तै हो । यी दुई ब्याट्री प्याकको रेन्ज क्रमशः २२३ किलोमिटर र २९३ किलोमिटर रेन्ज दिने एमआईडीले प्रमाणित गरेको छ ।

