काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले कमर्शियल गाडीहरुलाई लाक्षित गर्दै ‘टिप्पर एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ ।
उक्त एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना टिप्परहरु सँग टाटा एस.के. १६१३ र टाटा एल.पी.के. २५२३ टिपर साट्न सकिनेछ । कम्पनीले यो स्कीम धादिङको धार्केमा रहेको सिप्रदी सर्भिस सेन्टरमा आयोजना गर्न लागेको हो ।
उक्र्त क्सजेन्ज मेला भोलि मंगलबार २२ र बुधबार २३ गते दुई दिन आयोजना हुने कम्पनीले जनाएको छ । टाटा एस.के. १६१३ र एल.पि.के. २५२३ टिपर एक्सचेन्ज गर्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस र अन्य उपहारहरु प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

