सन् २०१९ मा टेस्ला भारत आउने

अमेरिकी लग्जरियस इलेक्ट्रिक कार कम्पनी टेस्लाले भारत आफ्नो आगामी बजार हुने जनाएको छ । पहिलानै टेस्लाले मोडल एक्स लाई भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको थियो । हाल टेस्लाले नयाँ क्रस ओभर एसयुभीको रुपमा मोडल वाई सार्वजनीक गरिसकेको छ । जसको ग्राउण्ड क्लिअरेन्स भारतीय सडक सुहाउदो हुने पक्का छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक टुइट गर्दै आफू टेस्लाको  टेक्नलोजीबाट प्रभावीत भएको जनाएका थिए । मोदीले अमेरिका भ्रमणको समयमा टेस्लाको फ्याक्ट्रि पनि भ्रमणका गरेका थिए । सोहि क्रममा टेस्लाका सिईओ इलन मस्कले मोदिलाई टेस्लाले विकास गरेको रेभुलुसनरी टेक्नलोजी सम्बन्धी एक प्रेजेन्टेसन पनि प्रस्तुत गरेका थिए ।

 

गत मार्च १५ मा मस्कले फेरि एक व्यक्तिको टुइटको जवाफमा टेस्ला यो वर्ष भारत आउने छ भनेका छन । अझ अगाडि थप्दै उनले यदि यस वर्ष नभए अर्को वर्षमा भने पक्का आउने जनाएका छन् । 


Back_to_top