धुलोमुक्त सहर बनाउन आजबाट ५ ब्रुमर संचालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सफा गर्न मंगलबारबाट ब्रुमर संचालनमा ल्याएको छ । सहरसाई धुलोमुक्त बनाउन महानगरले ब्रुमर संचालन गरेको हो ।

महानगरले ५ वटा ब्रुमर फरक फरक रुटमा सडक बढार्दै गुडाउने छ । टेकुबाट छुट्ने ब्रुमर विभिन्न रुटमा सडक बढार्दै अघि बढ्नेछन् । महानगरले सडक बढार्न उक्त ब्रुमर इटालीबाट खरिद गरेर ल्याएको हो । 

युरो ४ स्टाण्डर्डको डुभेलो ६००० मोडलको यी ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । डिजेलबाट चल्ने ब्रुमरमा अगाडि एउटा, छेउमा दुईवटा र बीचमा एउटा गरी चारवटा ब्रस रहेको छ । ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटरको धुलो भण्डारण गर्न सक्ने क्षमता रहेको छ ।


Back_to_top