सडकमा बढ्यो चहलपहल (फोटोफिचर)

काठमाडौं । सडकमा चहलपहल बढ्न थालेको छ । नेपाली सेनाले निषेधाज्ञा खुकुलो बनाएसँगै सडक सवारी साधनको संख्या बाक्लिन थालेको हो ।

सेनाले शुक्रबार बिहान ११ बजेसम्म अत्यावश्यक सेवाका काममा आवतजावत गर्न पाउने बताएसँगै हिजोअस्तिको तुलनामा सडकमा मानिस तथा सवारीको बाक्लै देखिन्छ ।

सडकमा मोटरसाइकल, स्कुटर, निजी कार, खाद्यान्न, पानी बोक्ने, ग्यास बोक्ने, तरकारी, फलफूल लगायतका सवारी साधन चलेका छन् ।

साथै, सार्वजनिक यातायातकोे रुपमा ट्याक्सीहरूहरू समेत चलेका छन् । केही चोकमा ट्याक्सी यात्रु कुरेर बसेको देखिन्न्छ ।

सडकसँगै बजारमा पनि मानिसको चहलपहल देखिएको छ । भित्रि बजारका अधिकांश पसलहरू खुलेका छन् भने बाहिर मुख्य सडकमा पनि फाटफुट पसल खुलेका छन् ।


Back_to_top