रेन्ज बढाउनेदेखि क्रूज कन्ट्रोलसम्म थपियो ‘टिगोर ईभीमा’

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक भेहिकल उत्पादक कम्पनी टाटा मोटर्सको कम्प्याक्ट सेडान ईभीको रेन्ज बढ्ने भएको छ । टाटा मोटर्सले टिगोर ईभीको कन्ट्रास्ट ब्ल्याक रुफ, लेदरेड अपहोस्ट्रे तथा लेदर  र्‍याप स्टेरिङ ह्वील सहितको नयाँ भेरियन्ट जेडएक्स प्लस लग्जरी भोलि लन्च गर्ने जानकारी दिएको हो ।

यस अघि टाटाले अर्को मोडल नेक्सन ईभीको समेत थप पावर र रेन्ज सहित नेक्सन ईभी म्याक्स लन्च गरेको थियो । टाटाका अनुसार अब टिगोर ईभीको रेन्ज ३०६ किलोमिटरबाट ३१५ किलोमिटर हुनेछ । टिगोर ईभीमा मल्टीमोड रिजेनेरेशन फङ्सन फिचर थपिएसँगै यसको रेन्ज पनि बढ्ने भएको हो ।

टिगोर ईभीमा नेक्सन प्राइम तथा नेक्सन म्याक्सको जस्तै ४ लेबलको रिजेनेरेशन फिचर रहनेछ । यसका साथै टिगोरे ईभीमा क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, स्मार्टवाच इन्ट्रीग्रेटेड कनेक्टिभिटी फिचर आदि थपिएको छ ।

टिगोर ईभीको एक्सटी भेरियन्टलाई अब टिगोर ईभी एक्सएमले रिप्लेस गर्ने छ भने यो भेरियन्टमा ७ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट तथा स्टेरिङ माउण्टेड कन्ट्रोल सिस्टम पनि रहनेछ ।

टिगोरे ईभीमा पहिलाकै जस्तो ७५ हर्सपावरको मोटर तथा आईपी ६७ रेटेड २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक रहनेछ । यो कारलाई शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीड पुर्याउन जम्मा ५.७ सेकेन्ड लाग्नेछ ।

 


Back_to_top