नेपाली न्युज एप ‘टाइम्स अफ नेपाल’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय प्रविधिको विकास सगैं अनलाइन सन्चार माध्यमहरु खुल्ने क्रम बढ्दो छ । यो क्रमले पाठकहरुलाई सुसुचित हुने अवसर प्राप्त भए तापनि कहिले कांही पाठकहरुलाई समस्या पनि पर्ने गरेको छ । कसको समाचार पत्याउने ? अझ केहीलाई लाग्दो हो, यति धेरै सन्चारमाध्यम छन्, कति वटा पो हेर्ने ? साथै एउटै खाालका समाचार बिभिन्न स्रोतबाट प्रकाशित हुन्छ । यति धेरै लेख छन्, आफुलाई चित्त बुझ्ने लेख कता खोज्ने होला ?

यी सबै प्रश्नहरुको उत्तर लिएर हालसालै ‘टाइम्स अफ नेपाल’ एप सार्वजनिक भएको छ । यो एप देश÷विदेशका समाचार विभिन्न स्रोतबाट सङ्कलन गरी क्याटेगोराइज गरेर पाठकलाई सूचित गर्ने उद्देश्यले ल्याइएको न्युज एप हो । यस एपमा नेपालका विश्वसनीय २० भन्दा धेरै समाचार पोर्टलका समाचारहरु इन्टिग्रेट गरिएका छन् । 

साथै यो एपमा ‘तपाईका लागि’ भन्ने पृष्ठ रहेको छ जस्मा पाठकले रुचाएका समाचार मात्र देखिन्छन् । जस्ले गर्दा पाठकको रुचीका विषयका समाचार एउटै पृष्ठमा पढ्न पाइन्छ । साथै यो प्रक्रियालाई अझै राम्रो बनाउन यस एपमा बिभिन्न स्रोतका समाचारहरुलाई वर्गीकरण गरेर राखिएको छ । 

एउटै समाचार बिभिन्न स्रोत बाट आएपनि यस एपले सबैलाई एउटै पृष्ठमा राखिदिन्छ, जस्ले गर्दा पाठकवर्गले बिभिन्न स्रोत मध्ये आफुलाई विस्वश्निय लाग्ने माध्यम छनौट गर्न सक्छन् । 

यतिमात्र होइन, सधैं पाठकलाई समाचार पढिहाल्ने फुर्सद पनि नहुन सक्ने कुरालाई पनि एपले मध्यनजर गरेको छ । त्यसैले एपमा पछिका लागि समाचार सेभ गर्न मिल्ने विकल्प पनि दिइएको छ । प्रयोगकर्ताको आँखाको स्वास्थ्य र चाहनालाई ध्यानमा राख्दै यो एपमा डार्क थिम र लाइट थिम दुवै प्रयोगमा छन् । अनि एपलाई अंग्रेजी र नेपाली दुवै भाषामा प्रयोग गर्न पनि मिल्छ ।

यस टाइम्स अफ नेपाल एपमा जिनियस सिस्टम्सले गुगल तथा एप्पलका एपमा प्रयोग गरिएको जस्तै प्रविधि प्रयोग गरेकाले पाठकलाई विश्वस्निय तथा आफ्ना रुचि अनुसारको समाचार पढ्न, खोज्न, सेयर गर्न तथा भविष्यका लागि सेभ गर्न अत्यन्तै सहज भएको छ। साथै जिनियस सिस्टम्सले भविष्यमा ‘टाइम्स अफ नेपाल’मा बिभिन्न रोचक फिचरहरु समावेश गरिएको छ । यो एप प्लेस्टोर तथा एपस्टोरमा उपलब्ध छ । यहाँ क्लिक गरेर याे एप डाउनलाेड गर्न सकिने छ ।


Back_to_top