सन् २०२० मा कुन कम्पनीले नेपाल ल्याए कति मोटरसाइकल (सूचीसहित)

काठमाडौं । कोभिड १९ को कारण भएको लामो लकडाउनको बाबजुद सन् २०२० को जनवरीदेखि डिसेम्बर १५ तारिखसम्ममा १ लाख ८८ हजार ३०८ यूनिट दुई पाङ्ग्रे सवारी साधन आयात भएको छ ।

यसरी आयात भएको मोटरसाइकलमा सबैभन्दा ठूलो हिस्सा बजाज मोटरसाइकलको रहेको छ । कुल आयातको २८ प्रतिशतभन्दा बढी हिस्सा बजाजले ओगट्न सफल भएको छ । यस अवधिमा बजाजले कुल ५३ हजार २५१ यूनिट आयात गर्दै सर्वाधिक आयात गर्ने दुई पाङ्ग्रे कम्पनी बनेको छ ।

सन् २०२० मा ३६ हजार २२३ यूनिट मोटरसाइकल तथा स्कुटर आयात गर्दै यामाहा दोस्रो स्थानमा पर्न सफल भएको छ । यामाहले कुल आयातको १९ प्रतिशत हिस्सा ओगट्न सफल भएको देखिन्छ ।

टीभीएसले ३२ हजार ५५७ यूनिट आयत गर्दै तेस्रो स्थान पाएको छ । टीभीएसको बजार हिस्सा १७ प्रतिशत पुगेको देखिन्छ ।

चौथो स्थानमा पुगेको होन्डाले गतवर्ष ५ महिनासम्म सामान्य आयत गरेका कारण ३२ हजार १३४ यूनिट मात्रै आयात गरेको देखिन्छ । यद्यपी कम्पनीको अक्टोबर र नोभेम्बर आयात भने किनै राम्रो रहेको छ । कम्पनीले कुल आयातको १७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

सूचीको पाँचौ स्थानमा हिरो रहेको छ । हिरोले सोहि अवधिमा १९ हजार ४३९ यूनिट आयात गर्दै आफुलाई पाँचौ स्थानमा उभ्याउन सफल भएको छ ।

यी ५ कम्पनी बाहेक अन्य कम्पनीले १४ हजार ७०४ यूनिट आयात गरेका छन् । यी कम्पनीले ८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।


Back_to_top