काठमाडौं । ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्टसमा टोटल क्वार्ट्ज अटो सर्भिसेज (टीक्यूएएस)को आउटलेट स्थापना गरेको छ ।
नेपालका लागि टोटल इनर्जीज लुब्रिकेन्टको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले उक्त आउटलेट संचालनमा ल्याएको हो ।
नेपालमा सर्टिफाइड अटोमोटिभ सर्भिस फ्यासिलिटी विस्तार गर्ने पहलका लागि यो अर्को कदम भएको कम्पनीको भनाइ छ । नेपालको आफ्टर मार्केटमा बढ्दो माग र त्यसै अनुसार अटोमोटिभ सर्भिस पूर्वाधार बढाउनुपर्ने आवश्यकतालाई रणनीतिक महत्व दिँदै नयाँ आउटलेट संचालनमा ल्याएको हो ।
नयाँ टीक्यूएएस आउटलेटमा टोटल क्वार्ट्ज इन्जिन आयल प्रयोग गरी मापदण्डयुक्त आयल चेन्ज गर्न सकिने सुविधा उपलब्ध हुनेछ । जहाँ मल्टि पोइन्ट सवारी परीक्षण तथा प्रशिक्षित प्राविधिकमार्फत मर्मत सेवा समेत उपलब्ध हुने बताइएको छ। यसले ललितपुर क्षेत्रका सवारीधनीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
लक्ष्मी ल्युब आयलका सेल्स हेड सुबोध थापाका अनुसार हालको सर्भिसको गुणस्तरमा सुधार ल्याउने, जेन्युइन लुब्रिकेन्टको प्रयोग प्रवर्धन गर्ने तथा नेपालको अटोमोटिभ सर्भिस इकोसिस्टमको समग्र विकास गर्ने लगायतका कम्पनीका प्रतिबद्धताहरूको एक अंशको रुपमा टीक्यूएएस सञ्जाल विस्तार गरिएको हो ।
टोटल इनर्जीज मार्केटिङ इन्डियाका अटोमोटिभ इन्डष्ट्रिका सीईओ तथा एक्जिक्युटिभ डाइरेक्टर विकेन नजारियान टोटल क्वार्ट्ज अटो सर्भिसेज कन्सेप्टले सवारीधनीहरूलाई विश्वस्तरको सञ्चालन मापदण्ड अनुसार जेन्युइन लुब्रिकेन्ट तथा व्यावसायिक मर्मत सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
टीक्यूएएस जस्ता सर्टिफाइड सर्भिस कन्सेप्टले सवारीसाधन मर्मत अभ्यास सुधार गर्न, सवारीको आयु बढाउन तथा ब्रान्डेड लुब्रिकेन्टप्रति उपभोक्ता विश्वास बढाउन सकारात्मक भूमिका खेल्ने यो क्षेत्रमा क्रियाशील विश्लेषकहरूको भनाइ छ।

