माइक्रो एसयूभी सेग्मेन्टमा टोयोटाले ल्यायो नयाँ कार

काठमाडौं । साना सहर लक्षित कार निर्माणमा कम्पनीहरुले ध्यान केन्द्रीत गरेका छन् । सेडान र इन्ट्री लेभल ह्याचव्याक कारको विक्रीमा गिरावट आएसँगै सबै कम्पनीले माइक्रो एसयूभी डिजाइनमा आफुलाई केन्द्रीत गरेका हुन् ।

विश्वकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी टोयोटाले माइक्रो एसयूभी सेग्मेन्टमा ‘आइगो-एक्स’ नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले यसको विक्री सन् २०२२ को पहिलो क्वाटरबाट गर्ने तयारी गरेको छ ।

टोयोटाले यसमा १.० लिटर क्षमताको पेट्रोल इन्जिन दिएको छ । हाइ राइडिङ सिटी कारको रुपमा आएको आइगो-एक्समा फोल्डीङ फेब्रिक रुफ, नविनतम सुरक्षा फिचर, अटोमेटीक गियरबक्स जस्ता विशेषता प्रदान गरिएको छ ।

टाटाले भारतमा माइक्रो एसयूभी पन्चको विक्री सुरु गरेको केही समयपछि नै टोयोटाको पनि माइक्रो एसयूभी बजारमा ल्याएको हो । टोयोटाले यसको विक्री यूरोपियन बजारबाट सुरु गर्न लागेको छ । टोयोटाले आइगो-एक्सको लम्बाई ३७०० एमएम, चौडाई १७४० एमएम र उचाई १५१० एमएम दिएको छ ।

टोयोटाले यसमा प्रयोग गरेको १.० लिटर थ्रि सिलिण्डर इन्जिनले अधिकतम ७२ हर्सपावर र ९३ एनएम टर्क प्रदान गर्छ । जुन टाटा पन्चको भन्दा निकै कम हो । कम्पनीले यसमा सिभीटी गियरबक्स दिएको छ ।

आइगो-एक्समा कम्पनीले अगाडि ठूलो ग्रिल, फगल्याम्प, एलइडी डे टाइम रनिङ लाइट सहितको हेडलाइट दिएको छ । निकै स्पोर्टी डिजाइनमा देखिएको यो कारमा १८ इन्चको ह्वील दिइएको छ । कारको भित्री भागमा पनि आधुनिक फिचरहरु प्रदान गरिएको छ ।


Back_to_top