काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले कारोला क्रस हाइब्रिडमा नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाल ल्याउने हाइब्रिड कोरोला क्रस अबको केही दिन भित्रै नेपाल आउने कम्पनी स्रोतले जानकारी दिएको छ ।
टोयोटा कोरोला क्रसमा कम्पनीले १७९८ सीसी क्षमताको पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ९८ पीएस पावर र १४२ एनएम टर्क प्रदान गर्छ ।

यस प्रयोग भएको इलेक्ट्रीक मोटर भने ५३ किलोवाट क्षमताको छ । साथै, टोयोटाले यसमा ६.५ एम्पीयरको निकल मेटल हाइड्राइड ब्याट्री दिएको छ । जडित रहेको छ । यसको कम्बस्चन र इलेक्ट्रीक मोटरको कम्बाइन आउटपुट भने १२२ पीएस रहेको छ । यसमा ई-सीभीटी गियरबक्स पाउन सकिन्छ ।
टोयोटाको सेफ्टी सेन्स फिचर प्रयोग गरिएको कोरोला क्रस हाइब्रिडमा एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, लेन डिपार्चर वार्निङ, ड्राइभर एटेन्सन अर्लट जस्ता फिचर पाउन सकिन्छ । कम्पनीले यसको मूल्य १ करोड ५७ लाख रुपैयाँ निर्धारण गरिसकेको छ ।

