३८ लाखमा आयो टोयोटा अर्बन क्रुजर इबेला, भारतमा बिक्री सुरू

काठमाडौं । जापानी अटो ब्राण्ड टोयोटाले भारतका लागि पहिलो इलेक्ट्रीक एसयूभी अर्बन क्रुजर इबेला बिक्री सुरू गरेको छ ।

टोयोटा किर्लोस्कर मोटरले २३ लाख ६० हजार भारु (३७ लाख ७६ हजार नेपाली रुपैयाँ) तोकेर इबेलाको टप भेरियन्ट ई थ्री बिक्री सुरू गरेको हो ।

कम्पनीले गत जनवरीमा इबेल सार्वजनिक गर्दै बुकिल लिन सुरू गरेको थियो । इबेला ई थ्री एसयूभीमा ६१ किलोवाट आवर ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ५४३ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १२८ किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले १८९ न्युटन मिटर टर्क प्रदान गर्छ ।

टोयोटा इबेला मारुती सुजुकी ई भिटारासँग साझा गरिएको समान हार्टेक ई प्लेटफर्ममा आधारित छ । टोयोटाले डिजाइनका आधारमा इबेलालाई अर्बन टेक डिजाइन थिम भनेको छ । यसमा टोयोटाको सिग्नेचर लाइटिङ ट्रीटमेन्ट, एरोडायनामिक सिल्हूट, डुअल टोन फिनिश अप्सन र १८ इन्च एलोय ह्वील, ह्यामरहेड फ्रन्ट एक्सप्रेशन दिएको छ ।

यसको अगाडिको बम्परमा बाक्लो कालो ट्रिमले जोडिएको र किनारहरूमा दुई ठाडो एयर भेन्ट रहेको छ । निट बडी क्ल्याडिङ रहेको इबेलाको पछाडिको ढोकामा सी पिलर ह्याण्डल छ ।

टोयोटा इबेलाको इन्टेरियर सुजुकी ई भिटाराकोसँग मिल्दो जुल्दो छ । जसमा फ्लोटिंङ सेन्टर कन्सोल सहितको आधुनिक केबिन, टु स्पोक स्टेयरिङ ह्वील, १०.१ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको टचस्क्रीन, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, स्वचालित क्लाइमेट कन्ट्रोलर रहेको छ ।

इबेलाका सबै भेरियन्टहरूमा ७ वटा एयरब्याग र सबै चारै पाँग्रामा डिस्क ब्रेक छन् । यसमा एडास टु लेभल, ३६० डिग्री क्यामेरा, अगाडि पार्किङ सेन्सरहरू, अटो होल्ड भएको इलेक्ट्रोनिक पार्किङ ब्रेक, लेन किप असिस्ट, क्रुज कन्ट्रोल लगायत सुरक्षा फिचर छन् ।

इबेलाले हुन्डाई क्रेटा इलेक्ट्रीक, महिन्द्रा बीई सिक्स र भिनफास्ट भीएफ सिक्स सँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top