काठमाडौं । टोयोटाले यही साउन २१ देखि २५ गतेसम्म आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’लाई लक्षित गर्दै विशेष अफर ल्याएको छ ।
नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले ‘टोयोटा मेगा अफर’ ल्याएको हो ।
कम्पनीका अनुसार एक्स्पोमा टोयोटाले यारिस क्रस हाइब्रिड इलेक्ट्रीक, ल्याण्ड क्रुजर २५० सहित ३ मोडल प्रदर्शन गर्नेछ ।
तीमध्ये कुनै पनि एक मोडल बुकिङ गर्ने प्रत्येक ग्राहकले मेगा डिस्काउन्ट, प्ल्याटिनम कार्ड पाउने छन् ।
साथै, एक्स्पोमा बुकिङ गरिएका सवारी साधनको लागि लाइफ टाइम पिकअप तथा ड्रप सुविधा पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, स्टलमा आउने आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर पाउने छन् । यद्यपि, यो अफर गाडी बुकिङ गर्नेको हकमा मात्र लागू हुने कम्पनीको भनाइ छ ।

