काठमाडौंमा ट्राफिक चेकिङ तीव्र, एकैदिन १२ लाख जरिवाना

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चेकजाँचलाई तीव्रता दिएको छ ।

मंगलबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा नियम उल्लंघन गर्ने १ हजार ६४० चालकलाई कारबाही गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकाहरुलाई १२ लाख ५ हजार ५१० रुपैयाँ जरिवाना गरिएको छ ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।

आगामी दिनमा चेकिङमा झन् कडाइ गरिने प्रहरीको भनाइ छ ।


Back_to_top