काठमाडौंका यी सडकमा सवारी चाप बढ्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज काठमाडौंको विभिन्न सडकमा सवारी साधनको चाप बढ्न सक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

कार्यालयले काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशन र सिंहदरबार चोकमा पृथ्वी जयन्तीको कार्यक्रम रहेकाले दिनभर खुल्लामञ्च वरिपरी, पुतलिसडक, सिंहदरबार, माइतिघर, थापाथली चोक, त्रिपुरेश्वर लगायतका स्थानमा सवारी चाप बढ्न सक्ने जानकारी गराएको हो ।

ट्राफिकले उक्त स्थान हुँदै चल्ने सवारी साधनका चालकहरुले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।


Back_to_top