सुजुकीले इटालीमा आयोजित टूरिन मोटर शोमा सुजुकी जिम्नी गन र भिटारा कटना लिमिटेड इडिसन सार्वजनिक गरेको छ । जिम्नी गन, सुजुकीको जिम्नी मोडलसँग र भिटारा कटाना भिटारा ब्रेजामा आधारित रहेको कम्पनीले जनाएको छ ।
जिम्नी गनमा स्वीच ह्याचब्याकमा उपलब्ध विशेषता प्रदान गरिएको छ । यी मोडल डार्क थिममा आधारित रहेका छन् । भिटारा कटाना रेगुलर एसयूभी अन्तर्गत टप स्पेक अलग्रिप फोरह्वील ड्राइभ भेरियन्टमा आधारित रहेको कम्पनीले जनाएको छ । यसमा उपलब्ध १.४ लिटर बुस्टरजेट पेट्रोल इन्जिनले १४० हर्षपावर उत्पादन गर्छ ।
सुुजुकी कटनाको फ्रन्ट फेसिकामा ब्लाइन्ड ग्रिल स्लेट रहेको छ भने पिलर र विंग मिररमा समेत कालो रंग लगाइएको कम्पनीले जनाएको छ ।

यस्तै, जिम्नी गनको ग्राउन्ड क्लियरेन्स रेगुलर मोेडलको भन्दा १०० एमएम बढी रहेको कम्पनीले जनाएको छ । यसको एक्सटेरियरमा ब्लाक बडी कलर लगाइएको छ भने, बम्पर र स्क्वायर ह्वील आर्कमा ग्रेरंग लगाइएको छ ।
सुजुकी जिम्नी गनमा ३० एमएमको ह्वील आर्क, ठूलो अफ रोड टायर, रेड एसेन्ट इन्साइड र आउट, ल्याटरल स्टोन गार्ड फिनिश लाइट, केबल होल्डर, डिट्याचेबल एन्टी रोल बार लगायतका विशेषता दिइएको कम्पनीले जनाएको छ ।


