लकडाउन खुलेको केही दिनमै टीभीएसले दुई नयाँ मोटरसाइकल नेपाल ल्याउने

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले लकडाउन सकिने वित्तिकै दुई मोडलको अपग्रड भर्सन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो चर्चित मोटरसाइकल आरटीआर अपाचे १६० र २०० फोर भी एबीएस सहित बजारमा ल्याउने भएको हो ।

कम्पनीले यी दुबै मोटरसाइकलमा एबीएस फिचर थप गर्दै नेपालमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले बिक्री गर्दै आएको यी दुबै मोडल नेपालमा राम्रो बजार हिस्सा ओगट्न सफल मोटरसाइकल हुन् ।

कम्पनीले अचापे आरटीआर १६० फोर भीमा १५९.७ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १६.२८ बीएच पावर र ६५०० आरपीएममा १४.८ एनएम टर्क प्रदान गर्छ ।

वेट मल्टी प्लेट क्लचको साथ आउने यो मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ । यको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिइएको छ ।

अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक रहने नयाँ भेरियन्टमा सिंगल च्यानल एबीएस उपलब्ध रहने छ । यसमा फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल उपलब्ध रहेको छ ।

त्यसैगरि कम्पनीले ल्याउने अपाचे आरटीआर २०० फोर भीमा १९७.८ सीसी क्षमताको इन्जिन दिइएको छ । संभवत कम्पनीले यसलाई एफआई इन्जिनको साथ बजारमा ल्याउने छ । उक्त इन्जिनले ८५०० आरपीएममा अधिकतम २०.२ बीएच पावर र ७००० आरपीएममा १६.८ एनएम टर्क प्रदान गर्ने छ ।

आरामदायी आयात्राको लागि कम्पनीले यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनो ट्यूव सस्पेन्सन दिएको छ ।

अगाडि चक्कामा २७० एमएमको डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध यस मोटरसाइकलमा डवल च्यानल एबीएस उपलब्ध रहेको छ । यसमा सबै प्रकारका लाइटहरु एलइडी रहेका छन् ।

अहिले एबीएस रहित बिक्री भइरहेका छन् । कम्पनीले १६० फो भी को मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ र २०० फोर भीको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । नयाँ आउने मोटरसाइकलको मूल्य भने कम्पनीले अहिलेसम्म जानकारी दिएको छैन ।


Back_to_top